+
+
Shares

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फर्काऊ : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १३:४४

३१ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित ढंगले स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तालिबानी विद्रोहीको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ । तसर्थ अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’

यस्तै राप्रपाले बेलायती सेनामा काम गर्ने नेपालीहरुमाथि भेदभाव र असमानता कायमै रहेकाले यसको अन्त्य गर्न बेलायत सरकारसँग समेत आग्रह गरेको छ । ब्रिटिश सेनाका भूतपूर्व सैनिकहरुले उठाउँदै आएका मागप्रति ऐक्यबद्धता जनाउँदै राप्रपाले उनीहरुका माग पूरा बेलायत सरकारसँग आग्रह गरेको हो ।

त्यसका लागि कूटनीतिक प्रयास गर्न राप्रपाले नेपाल सरकारको पनि ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?