
३१ साउन, काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयसँगै रहेको पेट्रोल पम्पबाट एक करोड ३ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
असई दिलीप कार्कीले १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ ५४ पैसा हिनामिना गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
कार्की पेट्रोल पम्पमा कार्यरत रहँदा बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ ५४ पैसा हिनामिना गरेको अख्तियारको दावी छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजाय र १ करोड ३ लाख ९७ हजार ९३७ रूपैयाँ ५४ पैसा विगो मागदवी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4