+

पाेखरामा फुटबल टिमकाे प्रशिक्षण (फाेटाे फिचर)

२०७८ साउन  ३१ गते २१:२४ २०७८ साउन ३१ गते २१:२४
पाेखरामा फुटबल टिमकाे प्रशिक्षण (फाेटाे फिचर)

३१ साउन, पाेखरा । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण अहिले पोखरामा भइरहेकाे छ । काठमाडौमा सञ्चालन भइरहेको प्रशिक्षण १० दिनको विश्रामपछि बुधबारदेखि पाेखरामा शुरु भएको हो ।

नेपाली टाेली अहिले साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायरकाे अन्तिम चरणकाे छनाेटकाे तयारीमा छ । पोखरामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले टाेलीलाई प्रशिक्षण दिइरहेका छन् ।

अहिले देखिएकाे फुटबल विवादकाे विषयमा गत बिहीबार प्रशिक्षक र कप्तान किरण कुमार लिम्बुले राखेपले बनाएकाे छानविन समितिलाई बयान दिएर पाेखरा फर्केका थिए ।

पाेखराकाे प्रशिक्षणमा यसअघि प्रशिक्षणमा रहेका प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी छैनन् भने उनीहरुकाे स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे र गोलकिपर विशाल सुनार पोखराको प्रशिक्षणमा सहभागी छन् ।

आगामी अक्टाेबरमा हुने च्याम्पियनसिप अघि नेपालले आगामी भदाैमा दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

पाेखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु :

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, शिशिर लेखी, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिब लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, बिक्रम लामा, जर्ज प्रिन्स कार्की । 

तस्वीरहरु : सुदर्शन रञ्जित ।

खेलकुद पोखरा फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय