Comments Add Comment

अफगानिस्तानको दूतावास बन्द नगर्ने चीन र रुसको संकेत

फाइल तस्वीर

३२ साउन, काठमाडौं । तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै अमेरिकासहितका ६५ मुलुकले आफ्ना विदेशी नागरिकलाई स्वतन्त्र रुपमा आफ्नो मुलुक फर्किन दिनुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका छन् । साथै अहिले अफगानिस्तानबाट विदेशी नागरिकलाई उद्धारको काम पनि चलिरहेको छ । तर, रुस र चीनले भने अफगानिस्तानको दूतावास बन्द गर्ने कुनै योजना नरहेको संकेत गरेका छन् ।

चीनले आफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न र अवस्थाप्रति सतर्क रहन सुझाएको छ । साथै उसले अफगानिस्तानका विभिन्न निकायलाई आफ्ना नागरिकको सुरक्षाको लागि आग्रह गरेको छ । रुसको विदेश मन्त्रालयले पनि आफ्ना नागरिकको उद्धार गर्ने कुनै योजना नरहेको बताएको छ ।

तालिबानका प्रतिनिधिले गत जुलाईको अन्तिममा चीन भ्रमण गरेका थिए । सो क्रममा उनीहरुले चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गरेका थिए । उक्त भेटलाई तालिबानको राजनीतिक शक्तिको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाउने प्रयासको रुपमा लिइएको थियो ।

चीनको विदेश मन्त्रालयले भने अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आफ्नो रणनीति रहँदै आएको स्पष्ट पारेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment