Comments Add Comment

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

३२ साउन, विराटनगर । प्रदेश १ सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमथान अधिकारी समक्ष सिफारिस गरेको हो ।

प्रदेश सरकारले सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।

प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले दलहरु भित्र आन्तरिक समस्या र प्रदेशसभाको बैठकप्रति रुची कम देखिएका कारण अधिवेशन अन्त्यका लागि सिफारिस गरेको बताए ।

प्रदेश नामाकरणको विषय चालू अधिवेशनबाट टुङ्गो लगाउने विषयमा आन्तरिक छलफल भएपनि अघि नबढेको उनले बताए ।

‘संसदको छलफलमा भाग लिने संख्या पनि कम भयो, हिजो ८ वटा ऐन संशोधन विधेयकमा दुई जनाले बोल्नुभयो,’ उनले भने, ‘दलहरुमा पनि आन्तरिक समस्या छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment