
लोकदोहोरी कलाकारहरुले कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप लगाएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको पहलमा कलाकारहरुले खोप लगाएका हुन् ।
सोमबार सिभिल हस्पिटल नयाँ बानेश्वरमा लोकदोहोरी कलाकारहरुले खोपको पहिलो मात्रा लगाएका छन् । देवी घर्ती, राजु ढकाल, खेम सेञ्चुरी, पुश्कल शर्मा, रमेशराज भट्टराई, दीपक खड्का लगायतका कलाकारहरुले खोप लगाएका छन् ।
लोकदोहोरी क्षेत्रका कतिपय कलाकारहरुले यसअघि नै कोरोनाविरुद्धको खोप लगाईसकेका छन । बाँकी रहेका कलाकारहरुका लागि प्रतिष्ठानले खोपको पहल गरेको थियो ।
नामावली प्राप्त भएका २ सय लोकदोहोरी कलाकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । सोमबार १ सय बढी कलाकारहरुले खोप लगाएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए । बाँकी कलाकारहरुले मंगलबार खोप लगाउने कार्यक्रम रहेको उनले बताए ।
कोरोना महामारीका कारण लामो समयदेखि स्टेज कार्यक्रम ठप्प छ । म्युजिक भिडियोको छायाँकन भने भईरहेको छ । खोप लगाएपछि काममा सहजता हुने कलाकारहरुले बताएका छन् ।
तस्वीर: चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4