Comments Add Comment

एमाले विभाजन क्षम्य हुँदैन : ओली

३२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको उनको आरोप छ । विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि वाहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन ।’

उनले पार्टीका नेता कार्यकता र सांसदहरुलाई पार्टी विभाजनका प्रयासहरुविरुद्ध उभिन अपील समेत गरेका छन् ।

पार्टीमा एकताका लागि कार्यदल स्तरमा भएको १०बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसकेको भन्दै ओलीले स्थायी, केन्द्रीय लगायतका सम्वद्ध कमिटीहरुको बैठकमा सहभागी हुन समेत आह्वान गरेका छन् । उनले भोलि विहान ११ बजे स्थायी कमिटी र त्यसपछि संसदीय दलको बैठक बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment