Comments Add Comment

लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ

१ भदौ, रौतहट । रौतहटमा लागूऔषधसहित एक अनलाइन मिडिया (न्युज पोर्टल) संचालकसहित दुई जना पक्राउ परेका छन् ।

सोमबार राति गौरबाट प्रहरीले ईशनाथ नगरपालिका-८ का मो. मोजिबुल्लाह र राजपुर नगरपालिका-७ का शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई १०५ थान लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको हो । मो. मोजिबुल्लाह रौतहटबाट संचालन हुने अनलाइनका सञ्चालक हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलिले अदालत पछाडिको सडकमा बिआर३०एस १८८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।

पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान पछि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने डीएसपी चिमरियाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment