+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘चेतन कार्की प्रतिष्ठान’ स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १२:३८

१६ भदौ, काठमाडौं । वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको नाममा ‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ ।

प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी श्रीमती गंगा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको छ । नायिका मिथिला शर्मा बोहराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ चलचित्रकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा चेतन कार्कीका सुपुत्रद्वय पारस कार्की र पंकज कार्की रहेका छन् ।

प्रतिष्ठानको तदर्थ समितिको सदस्यहरुमा साहित्यकार राधेश्याम लेकाली, कलाकार रविन्द्र खड्का र कवि दिव्य गिरी रहेका छन् ।

वि. सं. १९९५ मा बहाँटारी, थुम, स्याङ्जामा जन्मिएका चेतन कार्कीको नेपाली साहित्य तथा चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । कार्कीको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘विश्वास’ हो भने भूमरी दोस्रो तथा पहिलो प्रेम अन्तिम चलचित्र हो ।

यसैगरी परिवर्तन, आत्मा बेचेको छैन, हनिमून, ढलेको गिलास जस्ता उपन्यास तथा कल्पना टूट चुकी है (कविता–हिन्दी÷उर्दू भाषामा)सहित जून निदाउन थाल्यो (कविता र गीति संग्रह), मायाप्रीतिको चोखो कथा (गीति संग्रह), हत्केलाले सधैंभरि सूर्य छेकिँदैन (मुक्तक संग्रह), हो देश मेरो पनि (गजल संग्रह), बसिबियाँलो (कथा संग्रह), दिल जिगरके टुक्रे (उर्दू मुक्तक) आदि पनि रचना गरेका छन् ।

उक्त प्रतिष्ठानको कार्यालय चेतन कार्कीको ललितपुरस्थित घरमा राख्ने निर्णय भएको छ । यसैगरी चेतन कार्कीद्वारा स्थापना गरिएको हीरा सिंहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, चेतनका प्रकाशित पुस्तक र सम्मानपत्रहरुको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाहरुको प्रकाशन गर्ने जस्ता उद्देश्यसहित प्रतिष्ठानको स्थापना गरिएको हो ।

कार्कीको गत जेठ २ गते ८४ वर्षको उमेरमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?