
१६ भदौ, काठमाडौं । आंशिक प्राध्यापक संघर्ष समितिको आन्दोलनप्रति नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनले समर्थन र ऐक्यबद्धता जनाएको छ ।
विभिन्न पेशागत संगठनमा आवद्ध नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनको गत भदौ ७ गते भएको राष्ट्रिय भेलाले उक्त निर्णय गरेको संगठनले जनाएको छ ।
विज्ञप्ती जारी गर्दै संगठनले त्रिविका आंशिक प्राध्यापकहरुको पेशागत हकहित तथा सुरक्षाको लागि एकताबद्ध भएको जनाएको छ ।
त्रिविमा प्राध्यापनरत आंशिक प्रध्यापकहरुले करीब १५ वर्षदेखि मासिक तलबको माग गर्दै पटकपटक आन्दोलन गर्दै आएका छन् । यो अवधिमा आंशिक प्राध्यापकहरु माग पुरा हुनको साटो आफै विभाजित हुँदै तीन समूह भएका छन् ।
नेपाल आंशिक प्राध्यापक संघ, त्रिवि आंशिक प्राध्यापक संघ, आंशिक प्राध्यापक संघर्ष समितिमा आवद्घ भएका समान वैचारिक धार बोक्ने प्राध्यापकहरु एकताबद्ध भई आन्दोलनमा समर्थन गर्ने भएको जनाएका छन् ।
प्रतिक्रिया 4