+
+

‘उचाई’को छायांकनका लागि अनुपम, बोमन र परिणिती नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १४:१७

चलचित्र ‘उचाई’को छायांकनका लागि करिब ४० दिनको सुटिङ सेड्यूल लिएर निर्देशक सुरज बर्जत्यसहितको टोली नेपाल आउने भएको छ । उनीहरु, अक्टुबर महिनामा नेपाल आउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका रहनेछ । तर, नेपालको हिमाली भेगमा यो चलचित्रको छायांकन हुने भएकाले उनी नेपाल नआउने नेपालका लागि चलचित्रको व्यवस्थापनको जिम्मा सम्हालेको थ्रि ह्रिवलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिए ।

उनले भने–‘यही चलचित्रका लागि म केही पटक मुम्बई पुगेर फर्किएकी छु । अमिताभ बच्चन दमको रोगी भएकाले पनि उनको परिवारले चिसो ठाउँमा छायांकनका लागि पठाउन मानेन । यसैले, अमिताभ बच्चन बाहेक अन्य टिम नेपाल आउनेछ ।’

चलचित्रका लागि मुख्य कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुप खेर, निना गुप्ता लगायतका कलाकार नेपाल आउनेछन् । उनीहरु, करिब ४० दिन नेपालमा बस्ने सुरजले जानकारी दिए । चलचित्रको छायांकन लाङटाङ, मनाङ, मुस्ताङ, सगरमाथा आधार शिविर लगायतमा हुनेछ ।

चलचित्रले मित्रताको कथा भन्नेछ । चलचित्रको लागि छलफल गर्न केही समय अगाडि निर्देशक सुरज बर्जत्य नेपाल आएका थिए । उनी, करिब २ साता नेपाल बसेर मुम्बई फर्किएका थिए । यो चलचित्र निर्देशक सुरजको लागि विशेष छ । यो चलचित्रले मित्रता र परिवारको कथा भन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?