+
+

भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० जनाभन्दा बढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १४:२४

१६ भदौ, काठमाडौं । भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० जनाभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांका बालबालिका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उच्च ज्वरो आउने र धेरै पसिना आउनेजस्ता समस्या देखिएको छ । उनीहरुमध्ये धेरैले टाउको दुख्ने, शरीरमा पानी कम भएको र वाकवाकी लाग्नेजस्ता समस्या देखिएको बताएका थिए । केही बिरामीको हात र खुट्टामा बिमिरा आउने समस्या देखिएको थियो ।

उक्त अज्ञात रोगका कारण अहिले सयौं मानिस अस्पतालमा भर्ना भएका छन् । उत्तर प्रदेशको पूर्वी ६ जिल्लामा यसको प्रकोप फैलिएको समाचारमा बताइएको छ । अहिलेसम्म यो समस्याको कारण मृत्यु हुने कसैमा पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भने पुष्टि भएको छैन । हालै मात्र भारत कोरोनाको दोस्रो लहरबाट बिस्तारै बाहिर आउँदै गरेको अवस्थामा उत्तर प्रदेशमा अर्को प्राणघातक रोग देखिएको हो ।

यो समस्या देखिएको जिल्लाका डाक्टरहरुले मृत्युको कारण लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण हुन सक्ने बताएका छन् । उनीहरुका अनुसार अस्पताल आउने मानिसको रगतमा प्लेटलेटको मात्रा निकै कम देखिएको बताएका छन् । यो लक्षण डेंगुका बिरामीसँग पनि मिल्छ ।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग विश्वका एक सयभन्दा धेरै मुलुकमा देखिइसकेको छ, तर यसका ७० प्रतिशतभन्दा धेरै संक्रमित एसियामा भेटिएका छन् । बालबालिकामा यो रोगको जोखिम सबैभन्दा धेरै हुन्छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?