
सुरेशराज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वरमा समावेश ‘हामी नेपाली हामी गोर्खाली’ बोलको गीत सार्वजनिक भएको छ । कल्पना आंगबुहागंको शब्द रहेको यो गीतमा अशोक कुमार राइको संगीत छ ।
बेलायतमा छायांकन गरिएको भिडियोलाई नेपाल चलचित्र कलाकार संघ, यूकेले प्रस्तुत गरेको हो । भिडियोमा रोमियन लिम्बु, ध्रुव दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने लगायतका कलाकारको अभिनय छ ।
दिलु थापाको कोरियोग्राफीमा तयार भएको भिडियोमा नविन निरौलाको कलर, कुशल श्रेष्ठको छायांकन तथा सम्पादन, सन्त कुमार राइको निर्देशन, सुमन पुनको लगानी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4