+
+

मन्त्रिपरिषद् विस्तारबारे माधव नेपाल : २३ गतेसम्म कसैले चुइक्क गर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १२:४८

१७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने संकेत गरेका छन् ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा जुटेपनि मन्त्रालय भागबण्डा मिल्न सकेको छैन ।

बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तथा प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको थियो ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समसामयीक विषयमा कुराकानी भएको बताए । मन्त्रिपरिषद् विस्ताबारे पनि कुराकानी भयो होला नि भन्ने प्रश्नमा उनले भने, ‘२२/२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?