+
+

गरिब मुलुकमा बढ्दैछ उच्च रक्तचापको समस्या, कसरी गर्ने नियन्त्रण ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १४:१८

विश्वभरका मान्छेमा ब्लड प्रेसर अर्थात् हाइपरटेन्सन बढ्ने खतराको कारण गरिबी र मोटोपना समेत हो । विश्व स्वास्थ्य संगठनले भनेको छ कि हृदय रोग, स्ट्रोक र किड्नीको बिरामीको खतरा बढ्ने गर्छ । धेरैजसो मान्छे यसको बारेमा जानकारी नहुँदा उपचार समेत हुन सक्दैन । उच्च रक्तचापको बारेमा इम्पेरियल कलेज अफ लण्डनका शोधकर्ताहरुले अध्ययन गरेका थिए ।

लान्सेट जर्नलमा प्रकाशित अनुसन्धान अनुसार पछिल्लो ३० वर्षमा उच्च रक्तचापको मामलामा थोरै परिवर्तन भएको छ । उच्च आय भएका देशहरुमा यसको संख्या घट्दै छ र कम आय भएका देशहरुमा बढ्दै छ । धनी देशहरुले समयसँगै कसरी उच्च रक्तचाप नियन्त्रण गर्न सिकेका छन् त्यो कुरा पनि यसमा उल्लेख छ ।

विश्वभरका १५० करोड जनाको साझा समस्या

डब्लूएचओका अनुसार हाल विश्वभर १५० करोड मानिसहरु उच्च रक्तचापबाट पीडित छन् । २०१९मा १.७९ करोड जना मुटु रोगका कारण मरे । समग्र मृत्युहरुको एक तिहाइ हिस्सा उच्च रक्तचापले लिएको छ । किनभने उच्च रक्तचापका बिरामीहरु यो रोगलाई राम्रोसँग बुझ्दैनन् । यसको लक्षण देखिँदैन । कतिपयलाई एकैपटक हृदयघात हुन्छ । त्यसैले यो रोगलाई साइलेन्ट किलर पनि भनिन्छ ।

गरिबीका कारण उच्चरक्तचाप बढ्दैछ ?

इम्पेरियल कलेज लन्डनका प्रोफेसर माजिद इज्जाती भन्छन् ‘यो गरिबीले ग्रस्त स्थिति हो, किनकि अफ्रिका, दक्षिण एशिया र प्रशान्त टापुका बिरामीहरु अझै पनि आवश्यक उपचारको अभावमा समस्यामा छन् । डब्ल्यूएचओको गैर–सरुवा रोगसम्बन्धी निर्देशक बेन्ट मिक्केन्सन भन्छन्, ‘हामीलाई थाहा छ कि उच्च रक्तचापका लागि एक किफायती उपचार छ ।

कसरी गर्ने रक्तचाप नियन्त्रण ?

धुम्रपानका कारण २० मिनेटसम्म बढ्न सक्छ रक्तचाप

धमनीका भित्ताहरुलाई निकोटिनले कडा बनाइदिन्छ । यसबाहेक यसले रगत जमाउन समेत सहयोग गर्छ । कुनै पनि व्यक्तिले एउटा चुरोट पिउँदा उसको मुटुको धड्कन सामान्य हुन २० मिनेटको समय लाग्छ । त्यसकारण चुरोट छाड्नु नै उचित हुन्छ ।

एक किलो तौल घटाउँदा एक तह कम हुन्छ रक्तचाप

शरीरको तौल घटाउनु पनि उच्च रक्तचाप नियन्त्रणको एउटा उपाय हो । तर सबैमा यो लागु नहुन सक्छ । विशेषगरी मोटोपना भएका मान्छेले एक किलो तौल घटाउँदा उनीहरुमा रक्तचापको जोखिम कम हुन्छ । यदि पुरुषहरुको कम्मर ४० इन्चभन्दा बढी र महिलाहरुको कम्मर ३५ इन्चभन्दा बढी छ भने पनि यसले समेत जोखिम उच्च देखाउँछ ।

 खानामा ५ ग्रामभन्दा बढी नुन नखाने

बढी नुन खानु पनि स्वास्थ्यको लागि जोखिम बढाउनु हो । एक युवावस्थाको व्यक्तिले एकदिनमा ६ ग्रामभन्दा कम नुन खानुपर्छ । एक चम्चा नुनमा २,३०० मिलीग्राम सोडियम हुन्छ । खानामा सोडियमको मात्रा घटाएर पनि हामी रक्तचाप नियन्त्रणमा लिन सकिन्छ ।

 ३० मिनेटको व्यायामबाट ५देखि ८ विन्दुसम्म घट्नसक्छ  रक्तचाप

नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित अनुसन्धान अनुसार यदि एकदिनमा ३० मिनेट हिँडिन्छ भने त्यसले ५ देखि ८ विन्दुसम्म रक्तचाप नियन्त्रणमा लिन सक्छ । तर यस्तो हिँडाइमा लगातार पैदल हिँड्ने गर्नुपर्छ । अन्यथा रक्तचाप फेरि बढ्न सक्छ । यसबाहेक दौड, साइक्लिङ र नृत्यले रक्तचाप कम गर्छ ।

ब्लड प्रेसर १४०-९०, यानी हाइपरटेन्सनको खतरा

जब एक व्यक्तिको रक्तचाप १४०-९० को स्तरसम्म पुग्यो भने त्यसलाई उच्च रक्तचाप भनिन्छ । १२०÷८० देखि १३०÷८९ को बीचमा भएको रक्तचाप भएमा त्यसलाई पूर्व उच्च रक्तचाप मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?