+

उच्च रक्तचाप भएकाले के खाने, के नखाने ?

२०८२ साउन  १९ गते १०:११ २०८२ साउन १९ गते १०:११

रक्सी, चुरोट र सुर्तीजन्य पदार्थले रक्तनलीलाई साँघुरो बनाउँछ, त्यसैले यस्ता कुरा सेवन गर्न पूर्ण रूपमा छाड्नुपर्छ ।

Shares
उच्च रक्तचाप भएकाले के खाने, के नखाने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च रक्तचाप बढाउने खानेकुरामा चुरोट, रक्सी, प्रशोधित खाना, बढी चिल्लो र नुन भएको खाना पर्दछन्।
  • रक्तचाप नियन्त्रणका लागि पोटासियम, म्याग्नेसियम, क्याल्सियम र फाइबरयुक्त फलफूल, तरकारी र स्वस्थ प्रोटिन उपयुक्त हुन्छन्।
  • उच्च रक्तचापमा नुनको मात्रा दिनमा ५–६ ग्रामभन्दा कम राख्नुपर्छ र घरमै बनेको खाना खाने सिफारिश गरिएको छ।

उच्च रक्तचाप हुने विभिन्न कारण छन् । त्यसमध्ये एउटा प्रमुख कारण हो, खानपान । कति यस्ता खानेकुरा छन्, जसले रक्तचाप बढाउँछ । चुरोट, रक्सी, प्रशोधिन खानेकुरा, बढी चिल्लो र बढी नुन भएको खाना आदि उच्च रक्तचाप बढाउने खानेकुरा हुन् । रक्तचाप नियन्त्रणमा राख्ने सबैभन्दा ठूलो औषधि हो, सही खानपान । त्यसैले उच्च रक्तचापको समस्यामा औषधिले रक्तचाप नियन्त्रण हुन्छ तर त्यससँगै खानपान पनि बदल्नुपर्ने हुन्छ ।

उच्च रक्तचापमा के खाने ?

उच्च रक्तचाप नियन्त्रण गर्न पोटासियम, म्याग्नेसियम, क्याल्सियम र फाइबरयुक्त खानेकुरा उपयुक्त हुन्छन् । यस्ता खानेकुराले रक्तनलीलाई आराम दिछ, सोडियमको प्रभाव कम गर्न र रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

पोटासियमयुक्त खानेकुरा

पोटासियमले शरीरमा सोडियमको स्तर सन्तुलनमा राख्छ र रक्त नलीको तनाव कम गर्छ ।

फलफूल

सुन्तला, मौसम, मेवा, खरबुजा, एभोकाडो, अमला, स्याउ, नासपती

तरकारी

पालुङ्गो, ब्रोकाउली, बन्दागोभी, चुकन्दर, गाँजर, लौका, फर्सी, करेला, टमाटर, काँक्रो ।

क्याल्सियम र म्याग्नेसियमयुक्त खानेकुरा

क्याल्सियम र म्याग्नेसियमले रक्तनलीलाई स्वस्थ राख्छ र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

क्याल्सियम : कम चिल्लो भएको दूध, दही, मोही, पनिर, तोफु ।

म्याग्नेसियम : भटमास, गेडागुडी, हरियो साग, ओखर, बदाम ।

फाइबरयुक्त खानेकुरा

फाइबरले कोलेस्ट्रोल र रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

अन्न : कोदो, फापर, ब्राउन राइस, क्विन्वा ओट्स ।

गेडागुडी : मुसुरो, राजमा, बोडी, चना ।

सागसब्जी : पालुङ्गो, रायो, ब्रोकाउली, स्याउ।

स्वस्थ प्रोटिन

प्रोटिनले मांसपेशी र रक्तनलीलाई बलियो बनाउँछ ।

छाला हटाएको कुखुराको मासु, सिजनल माछा, अण्डा दिनमा १–२ वटा, तोफू, गेडागुडी ।

नट्स र सिड्स

नट्स र सिड्समा स्वस्थ फ्याट र म्याग्नेसियम हुन्छ ।

नट्स/सिड्स : आलस तिल, फर्सीको बीउ, चिया सिड, ओखर, बदाम ।

स्वस्थ तेल

स्वस्थ तेलले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा सहयोग गर्छ ।

तेल : खाना बनाउँदा शुद्ध तोरीको तेल, ओलिभ आयल प्रयोग गर्ने ।

मसला र जडीबुटी

केही मसलाले रक्तनलीलाई आराम दिन्छ र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

मसला : लसुन, अदुवा, बेसार, दालचिनी, तुलसी, मरिच ।

पेय पदार्थ

स्वस्थ पेयले हाइड्रेशन र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

नरिवल पानी, चुकन्दरको जुस, कागती पानी, तुलसी/दालचिनी चिया, बेसार-दूध ।

के नखाने ?

उच्च रक्तचापमा केही खानेकुराले रक्तचाप बढाउन सक्छ र जटिलता निम्त्याउन सक्छ । त्यसैले यी खानेकुरालाई पूर्णरूपमा बन्द गर्ने वा सकेसम्म कम खानुपर्छ ।

उच्च सोडियमयुक्त खानेकुरा

प्याकेट बन्द खाना : चाउचाउ, चिप्स, प्याकेट सुप, क्यानमा पाइने टुना, बेक्ड बिन्स बजारको अचार, सोया सस । घरमै अचार बनाउँदा पनि नुन र तेल कम प्रयोग गर्नुपर्छ ।

प्रशोधित मासु : ससेज, ह्याम, बेकन ।

अस्वस्थ चिल्लो : तारेको फास्ट फुड पिज्जा, बर्गर, फ्रेन्च फ्राइज, रातो मासु बोसोयुक्त, बेकरी आइटम केक, कुकीज, पेस्ट्री ।

गुलियो र प्रशोधित खानेकुरा : कोल्ड ड्रिंक्स, एनर्जी ड्रिङ्क, मिठाई, चिनीयुक्त जुस, चकलेट ।

अत्यधिक क्याफिन : कफी, चिया दिनमा १ कपमा सीमित गर्नुपर्छ । क्याफिनले रक्तचाप तत्काल बढाउन सक्छ, त्यसैले सावधानी अपनाउनुपर्छ ।

रक्सी र चुरोट : रक्सी, चुरोट र सुर्तीजन्य पदार्थले रक्तनलीलाई साँघुरो बनाउँछ, त्यसैले यस्ता कुरा सेवन गर्न पूर्ण रूपमा छाड्नुपर्छ ।

उच्च रक्तचापका लागि एक दिनको नमुना डाइट चार्ट

बिहान

१ गिलास मनतातो पानीमा आधा कागती निचोरेर (ग्यास्ट्रिक छैन भने) वा १ गिलास नरिवल पानी वा १ गिलास चुकन्दरको जुस वा १ गिलास मनतातो पानीमा १ चम्चा आलसको धुलो वा टुसाएको मेथीको बीउ ।

बिहानको खाजा

-१ कचौरा कोदो/फापरको खोले लसुन र अदुवाले झानेर । वा, १–२ वटा उमालेको अण्डा पहेँलो भागसहित वा १ कचौरा ओट्स नुन कम, हरियो साग मिसाएर ।

-३–४ चम्चा पालुङ्गो, ब्रोकाउली वा अन्य हरियो साग पोटासियम र फाइबरका लागि ।

-चुकन्दर, गाजर, टमाटर, काँक्रोको सलाद

-१ कप कम चिल्लो भएको दही वा मोही ।

बिहानको खाना

-१ कचौरा ब्राउन राइस, चिनो, वा कोदो÷फापरको भात ।

-१ कचौरा मुसुरो/रहरको दाल, पोटासियम र फाइबरको लागि ।

-३–४ चम्चा हरियो साग पालुङ्गो, रायो, वा अन्य करेला, लौका वा फर्सी कम क्यालोरी, उच्च पोटासियमका लागि ।

-१ कचौरा टमाटर, चुकन्दर, वा गाजरको सलाद ।

-१/२ टुक्रा छाला हटाएको चिकेन, तोपु, वा सिजनल माछा वा १ कचौरा गेडागुडी जस्तैः राजमा, बोडी ।

दिउँसोको खाजा

-१ केरा, १ सुन्तला, १ किवी, वा आधा मेवा, पोटासियम र फाइबरका लागि ।

-१ मुठ्ठी भुटेको तिल, चना वा आलस नुन नहालेको वा २–३ वटा ओखर

-१ गिलास नरिवल पानी वा मोही कम चिल्लो भएको ।

साँझको स्न्याक्स

-१ स्याउ, आधा एभोकाडो, वा १ सुन्तला ।

-१ मुठ्ठी फर्सीको बीउ वा भुटेको चना नुन नहालेको ।

-१ कप कागतीको चिया वा तुलसीको चिया बिना चिनी ।

रातिको खाना

-१ कचौरा तरकारीको सुप तोफु, पालुङ्गो वा ब्रोकाउली मिसाएर वा १ कचौरा हल्का भात ब्राउन राइस ।

-१–२ टुक्रा छाला हटाएको चिकेन वा सिजनल माछा ।

-तरकारी, साग ३–४ चम्चा हरियो साग पालुङ्गो, ब्रोकाउली वा करेला ।

-सलादमा चुकन्दर, टमाटर वा गाजरको सलाद नुन कम वा बिनानुन ।

थप सुझाव र सावधानी

-उच्च रक्तचापको समस्यामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । दिनमा ५–६ ग्राम १ चम्चा भन्दा कम नुन प्रयोग गर्नुपर्छ । घरको अचार बनाउँदा नुन र तेल कम प्रयोग गर्नुपर्छ ।

-रेस्टुरेन्टको खाना र प्याकेट बन्द खानामा नुनको मात्रा धेरै हुन्छ, त्यसैले त्यस्ता खाना भन्दा सकेसम्म घरमै बनेको खाना खानुपर्छ ।

-दिनमा २–३ लिटर पानी पिउनुपर्छ । यसले सोडियमलाई पातलो बनाउँछ र रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

-खानालाई उमालेर, बफाएर, ग्रिल गरेर वा हल्का भुटेर खाना बनाउनुपर्छ । तेलमा तार्ने र डिप–फ्राइङ गर्नु हुँदैन ।

-दैनिक ३०–४० मिनेट हल्का व्यायाम हिँड्ने, योग, साइक्लिङ गर्नुपर्छ ।

-रक्तचाप नियन्त्रणका लागि प्राणायाम गहिरो सास लिने अभ्यास र ध्यान उपयोगी हुन्छ ।

-तनावले रक्तचाप बढाउन सक्छ । त्यसैले तनाव नियन्त्रण गर्न ध्यान, योग, गहिरो सास लिने अभ्यास वा रमाइलो गतिविधिमा संलग्न हुनुपर्छ ।

उच्च रक्तचाप खानपान
आस्था कार्की
लेखक
आस्था कार्की
पोषणविद्

पोषणविद् आस्था कार्की मिताहारा न्यूट्रिसनल सर्भिस एण्ड रिसर्च सेन्टरकी संस्थापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उच्च रक्तचाप भएकाले के खाने, के नखाने ?

उच्च रक्तचाप भएकाले के खाने, के नखाने ?

बेसार : औषधीय गुणले भरिपूर्ण, प्रयोग गर्न नजाने जोखिम

बेसार : औषधीय गुणले भरिपूर्ण, प्रयोग गर्न नजाने जोखिम

डाइटचार्ट : मधुमेहका बिरामीले के खाने, के नखाने ?

डाइटचार्ट : मधुमेहका बिरामीले के खाने, के नखाने ?

के गर्भावस्थामा देखिने लक्षणबाट थाहा पाउन सकिन्छ छोरा छ कि छोरी ?

के गर्भावस्थामा देखिने लक्षणबाट थाहा पाउन सकिन्छ छोरा छ कि छोरी ?

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता