+
+

पूर्वमन्त्री गोकुल बाँस्कोटाको क्षेत्रका प्रदेश सांसद, नगर प्रमुख र वडाध्यक्ष एकीकृत समाजवादीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १४:३७
फाइल तस्वीर

१७ भदौ, काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटा निर्वाचित क्षेत्रका दुवै प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) तिर लागेका छन् ।

बाँस्कोटा काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनी निर्वाचित क्षेत्रका दुवै प्रदेशसभा सदस्य एकीकृत समाजवादीतिर लागेका हुन् ।

काभ्रे–२ (क) बाट निर्वाचित लक्ष्मण लम्साल र (ख) बाट निर्वाचित बसुन्धरा हुमागाईं एकीकृत समाजवादीमा लागेका छन् । प्रदेश सांसद लम्सालका अनुसार पूर्वमन्त्री बाँस्कोटाका वडाध्यक्ष समेत नयाँ पार्टीतिर लागेका छन् ।

मण्डनदेउपुर–४ का वडाध्यक्ष भुवन बजगाईं एकीकृत समाजवादीमा रहेको उनले बताए । बाँस्कोटाको गाउँपालिका अध्यक्ष पनि एकीकृत समाजवादीमै लागेका छन् । मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा नयाँ पार्टीमा लागेका हुन् ।

मण्डनदेउपुरको १२ मध्ये आठ वडाध्यक्ष एमालेका छन् । त्यसमध्ये ६ जना एकीकृत समाजवादीतिर उभिने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?