+
+

प्रदेश २ मा जसपाका थप दुई सांसदले रोजे लोसपा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १५:११
लोसपा रोजेका प्रदेश २ का सांसद डिम्पल झा र प्रल्हाद गिरी गोस्वामी

१७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का थप दुईजना प्रदेशसभा  सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

जसपा प्रदेश २ का सांसद प्रहलाद गिरी गोस्वामी र डिम्पल झाले लोसपा रोजेका हुन् । दुवै सांसदले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार सनाखत गरेको सांसद परमेश्वर साहले जानकारी दिए ।

लोसपामा सनाखत गर्ने गोस्वामी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका सांसद हुन् भने झा तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन् । उनी लोसपा नेता अनिल झाकी पत्नी हुन् ।

दुई जनाले सनाखत गरेसँगै जसपा छाडेर लोसपा रोज्ने प्रदेश सांसदको संख्या १२ पुगेको छ । यसअघि बुधबार परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेशप्रसाद कुर्मी र गौरीनारायण साहले सनाखत गरेका थिए । सनाखत गर्ने सबै पूर्व राजपाका सांसद हुन् ।

सांसद परमेश्वर साहले भदौ २२ गतेसम्म सनाखतको समय दिइएकाले थप अन्य सांसदले सोही समयभित्र सनाखत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?