+
+

कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते १८:२३
तस्वीर : सुमन खतिवडा/उदयपुर

१९ भदौ, काठमाडौं । सप्तकोशीले कटान गरी धार परिर्वतन गर्ने उच्च जोखिममा रहेको उदयपुरको वेलका नगरपालिकाको तल्लो क्षेत्रको गृहमन्त्री बालकृष्ण खाँडले अवलोकन गरेका छन् ।

केही दिनअघि आएको बाढीका कारण सप्तकोशीले उदयपुरको बेलका नगरपालिकाको टापु क्षेत्रमा तीब्र कटान गरेको थियो ।

सुनसरी र उदयपुरको सिमानामा रहेको कोशीले उदयपुरतर्फ करिब २ सय मिटर कटान गरिसकेको छ । धेरै कटान हुँदा कोशीले धार परिवर्तन गरी वेलकाको वडा नम्बर २, ३, ८ र ९ का तटीय क्षेत्रमा रहेको वस्ती डुबानमा पर्ने जोखिम थियो । त्यस क्षेत्रमा करिब ८ सय घरधुरीको बसोबास रहेको छ ।

अवलोकन पछि गृहमन्त्री खाँडले थप कटान हुन नदिन रोकथामका कामहरु गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिलाई गम्भीर भएर काम गर्न उनले भनेका छन् ।

स्थानीय समुदायहरुमा पनि उच्च सुरक्षा सतर्कता अपनाउन उनको आग्रह छ । २०६४ सालमा पूर्वी क्षेत्रमा कटान हुँदा सुनसरीको ठूलो वस्ती नै डुवानमा परेको थियो भने लामो समय पूर्व–पश्चिम राजमार्ग नै बन्द हुन पुगेको थियो । अहिले पश्चिम क्षेत्रमा कटान शुरु गरेकाले बेलैमा सतर्क हुनुपर्ने भन्दै गृहमन्त्रीले सुरक्षाका लागि सरकारले गर्नुपर्ने सबै प्रकारका कामहरु गर्न तयार रहेको बताए ।

‘कोशीमा बाढी जुनसुकै बेला पनि आउनसक्छ, यसका लागि सचेत हुनुप¥यो’ उनले भने, ‘तत्कालका लागि के कसरी जोखिम रोक्न सकिन्छ त्यो गर्ने र दीर्घकालीन समस्याहरु कुटनीतिक तरिकाले पनि मिलाउनु पर्नेछ त्यो पनि हामी दुई देशबीच कुरा गरेर समाधान खोज्छौंँ ।’

अवलोनकनका लागि पुगेका गृहमन्त्री खाँडलाई बेलका नगरपालिकाकाले ६ बुँदे मागपत्र समेत बुझाएको छ । नगरपालिकालको कोशी कटान रोक्न तत्कालै काम थालिनु पर्ने, वडा नम्बर ६ प्रहरी चौकी स्थापना साथै बेलका नगरपालिकाल क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रस्ताव गइसकेको भन्दै स्वीकृतिका लागि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?