+
+

निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १३:००

२० भदौ, वीरगञ्ज । पर्साको ठोरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पर्सा हेल्थ क्लिनिकको आयोजना सञ्चालित शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा बालकदेखि ९२ वर्षका वृद्धसम्मले स्वास्थ्य जाँच गराएको शिविरको संयोजन गरेका पत्रकार नवराज फुयाँलले बताए । फुयाँलका अनुसार शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

ठोरी गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय प्राविधिक माविमा आयोजित शिविरमा फिजिसियन डा. सरोज रोशन दास, स्त्री रोग विशेषज्ञ डा. प्रवीण शाह, दन्त रोग विशेषज्ञ डा. प्रिया जैसवालले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरको उद्घाटन नेपाली कांग्रेसका महासमिति सदस्य बृहस्पति कृष्ण श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?