+
+

गुल्मीमा दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १३:०१

२० भदौ, गुल्मी । दुर्घटना न्यूनीकरण गर्न गुल्मीमा सातदिने ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतना र स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ ।

नेपाल स्काउट लुम्बिनी संघ तदर्थ समितिको सहयोग र जिल्ला ट्राफिक कार्यालय गुल्मीको समन्वयमा सातदिने ट्राफिक सचेतना कार्यक्रम गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि सवारी चालक, परिचालक, पैदलयात्री तथा अन्य सर्वसाधारणलाई प्रशिक्षक दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

ट्राफिक सचेतना कार्यक्रम अन्र्तगत जिल्ला सदरमुकाम तम्घास, इन्द्रेगौडा, श्रृङ्गा, छल्दी, पुर्कोटदहमा कार्यक्रम गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?