+
+

सामसुङले ल्यायो फोल्डेबल दुई नयाँ स्मार्टफोन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १८:३२

काठमाडौं । सामसुङले दुई वटा फोल्डेबल नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले ग्यालेक्सी जेड फोल्ड३ ५जी र ग्यालेक्सी जेड फ्लिप३ ५जी मोडेलका स्मार्टफोन बजारमा ल्याएको हो ।

आकर्षक डिजाइन तथा नवीन प्रविधि युक्त स्मार्टफोनले प्रयोगकर्तालाई वास्तवमै जीवन्त अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

सामसुङका ग्राहकवर्गहरुले उत्सुकता पूर्वक प्रतिक्षा गरेका नयाँ नयाँ सुविधा एवं विशेषताहरु यस फोनमा विद्यमान रहेको कम्पनीले बताएको छ ।

यसअघि नभएका आइकोनिक, स्टाइल तथा ड्युरेबिलिटी जस्ता विशेषता यस फोल्डेबल फोनमा रहेका छन् । यी दुवै स्मार्टफोनमा थुप्रै विशेष तरिकाबाट कामगर्न, भिडियो हेर्न तथा गेम खेल्न सकिने छ ।

सामसुङले आफ्ना यी दुई फोल्डेबल फोनहरुमा सामसुङको उत्कृष्ट आविष्कार तथा आकर्षक डिजाइनको विरासत कायम नै रहेको दावी गरेको छ ।

नयाँ ग्यालेक्सी जेड फोल्ड३ ५जीमा प्रोडक्टिभिटि तथा निरन्तर मनोरन्जन प्रदान गर्न मल्टिटास्किङ्ग पावर हाउसको साथ ७.६ इन्चको इन्फिनिटी फ्लेक्स डिस्प्ले, उत्कृष्ट कार्य क्षमता तथा एस पेन जस्ता सुविधाहरु रहेका छन् । यसमा ग्राहकले एस पेनको सहायताले फोल्डेबल स्क्रिनमा अन द गो को अवस्थमा पनि वृहत् कार्यहरु सम्पादन गर्न सक्नुहुने छ ।

ग्यालेक्सी जेड फ्लिप३ ५जी अरु भन्दा फरक देखिन चाहनेहरुका लागि सही छ । यसका अद्वितीय कलर विकल्पहरु, रिफान्ड फिनिस जस्ता विशेषताहरुले यो फोन वास्तवमै अद्वितीय बन्न पुगेको छ । त्यस्तै ग्यालेक्सी जेड फ्लिप३ ५जीमा कार्यक्षमता एवं स्टाइलको संमिश्रण गरिएको छ स्लिक, कम्प्याक्ट तथा पकेटेबल डिजाइन, उच्चस्तरीय क्यामरा, ठूलो स्क्रीन जस्ता सुविधाहरुले प्रयोग कर्ताहरुलाई वास्तवमै मोबाइलको जीवन्त अनुभव प्रदान गर्दछ ।

मूल्य तथा उपलब्धता

फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रीन तथा फ्यान्टम सिल्भरमा उपलब्ध भएको १२/२५६ जीबी भेरिन्टका ग्यालेक्सी जेड फोल्ड३ ५जीको मूल्य नेरु. २ लाख १९ हजार ९९९ तथा १२/५१२ जीबी भेरियन्टको मूल्य नेरु. २ लाख २९ हजार ९९९ तोकिएको छ ।

साथै विभिन्न आकर्षक तीन ट्रेन्डि कलरहरु क्रिम, ल्याभेन्डर तथा फ्यान्टम ब्ल्याक कलरमा उपलब्ध ८/२५६ जीबी भेरियन्टको ग्यालेक्सी जेड फ्लिप३ ५जीको मूल्य नेरु. १ लाख २४ हजार ९९९ तोकिएको छ ।

यी फोनहरु प्रिअडर भदौ २० गते देखि असोज ४ गतेसम्म https://cms-prd.mygalaxy-nbs.com/NP-Foldable-Preorder/ मा गएर वा दराज, ईसेवा, सेल पे, स्मार्ट डोको, तथा सामसुङ प्लाजा जस्ता विभिन्न इकमर्श साइटहरुबाट गर्न सकिने सुविधा रहेको छ । भने असोज ६ गतेदेखि आधिकारिक रुपमा सामसुङका ब्राण्डसप तथा केही रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?