
२१ भदौ, काठमाडौं । विश्वकप छनोट अन्तर्गत आइतबार राति इटलीले स्विट्जरल्याण्ड्सँग बराबरी खेले पनि अन्तर्राष्ट्रिय फुटबलमम अपराजित रहने कीर्तिमान बनाएको छ ।
इटलीले लगातार ३६ खेलसम्म अपराजित रहने नयाँ कीर्तिमान बनाएको हो । यसअघि ब्राजिल र स्पेनको नाममा रहेको लगातार ३५ खेलको कीर्तिमान इटलीले तोड्यो ।
युरो २०२० को च्याम्पियन इटलीले त्यसयता विश्वकप छनोटमा लगातार दुई खेल बराबरी खेलेपछि लगातार सबैभन्दा धेरै खेलमा अपराजित रहने कीर्तिमान बनाएको हो ।
रोवर्टो मान्सिनीको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरिरहेको इटलीले सन् २०१८ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित भएयता कुनै खेल हारेको छैन ।
इटलीलाई स्विट्जरल्याण्डविरुद्धको खेल जित्न अवसर पनि थियो । तर जर्जिग्नोहले पेनाल्टीमा गोल गर्न नसकेपछि इटलीले बराबरीमै चित्त बुझायो । जर्गिन्होको पेनाल्टी स्वीस गोलकिपर यान सोमेरले बचाए ।
समूह सी मा इटली पाँच खेलबाट ११ अंकसहित शीर्ष स्थानमा छ । तीन खेलबाट ७ अंकसहित स्विट्जरल्याण्ड दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4