+
+

ब्राजिल र अर्जेन्टिनाको खेल किन भयो स्थगित ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १४:०७

२१ भदौ, काठमाडौं । नेपाली समय अनुसार सोमबार विहान ब्राजिल र अर्जेन्टिनाबीच फुटबल खेल हुने तय थियो । सन् २०२२ विश्वकप छनोट अन्तर्गतको यो खेल अन्तिम समयमा आएर स्थगित भयो । त्यसको कारण हो कोरोना भाइरस महामारी र यसको सावधानीका लागि बनाइएका नियम ।

ब्राजिलले अर्जेन्टिनाका चार खेलाडीले आफ्नो देशको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका कारण खेलमा सहभागी हुन नदिने निर्णय गर्‍यो । तर अर्जेन्टिनाले भने ती चार जना खेलाडीविना खेलमा सहभागी नहुने बताएपछि खेल स्थगित हुन पुगेको हो ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुका अनुसार गोलकिपर एमिलियानो मार्टिनेजसंगै जिओभानी लो सेल्सो, क्रिस्टियन रोमेरो र एमिलियानो बुएन्डियाले स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेका थिए ।

इंगल्याण्डमा लिग खेल्ने उनीहरु ब्राजिल आउँदा झुक्याएर इन्ट्री फर्म भरेको ब्राजिलका अधिकारीहरुको भनाइ छ । ब्राजिलले १४ दिनयता इंगल्याण्डमा रहेका व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

ब्राजिलको सरकारी निकायले जारी गरेको विज्ञप्ति अनुसार अर्जेन्टिनी फुटबलले ब्राजिलको नियम पालना गरेनन् र फारम भर्दा गलत सूचना उल्लेख गरे । ती खेलाडी ब्राजिल प्रवेश गरेपछि ब्राजिलको स्वास्थ्यसम्बन्धी नियमनकारी निकाय (एन्भिसा) ले ती खेलाडीलाई तत्कालै क्वारेन्टिनमा राख्न र कुनै पनि गतिविधिमा गर्न प्रतिबन्ध लगायो ।

तर ती खेलाडी पनि खेलका लागि मैदान पुगे । अर्जेन्टिनाले ब्राजिलले प्रतिबन्ध लगाएकामध्ये तीन खेलाडीलाई त सुरुवाती लाइनअपमै राखेका थिए । त्यसैले खेल सुरु हुनु चार मिनेटअघि ब्राजिलको स्वास्थ्य अधिकारीले मैदानमै प्रवेश गरेर खेल रोके ।

अर्जेन्टिनी फुटबल एशोसिएसनले उक्त घटनालाई दुर्भाग्य भनेको छ । ‘आजको घटना फुटबलका लागि दुर्भाग्य हो, यसले धेरै नराम्रो गरेको छ । चार खेलाडी ड्रेसिङ रुममा गइसकेपछि खेल स्थगित हुनु दुखद हो’ विज्ञप्तिमा भनिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?