+
+

हेटौंडाका अटो रिक्सा चालक महिलालाई तुल र पञ्‍जे बाजासहित सम्‍मान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १६:४०

२१ भदौ, मकवानपुर। हेटौंडा उपमहानगर तथा आसपासका क्षेत्रमा तीनपाङ्ग्रे अटो तथा मयुरी चालक महिलालाई तुल र पञ्‍जे बाजासहित सम्मान गरिएको छ ।

गणपती बाबा बचत तथा ऋण सहकारीले तीजको अवसर पारेर ट्राफिक सचेतना तथा तिज विशेष कार्यक्रमको आयोजना गरेर अटो चालक महिलाहरुलाई तुल राखेर पञ्‍जे बाजासहित सम्‍मान गरेको हो ।

कार्यक्रममा सहभागी हुन आएका महिलाहरुलाई ‘तुल’ ( मन्दिरमा भगवानको शिरमाथी राखिने कपडा) मुनि राखेर कार्यक्रम स्थलमा सम्मान व्यक्त गरिएको सहकारीका अध्यक्ष बिष्णुप्रसाद घिमिरे ‘ध्रुर्व’ ले बताए ।

हेटौंडामा २१ जना अटो तथा मयुरी चालक महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अटाोतथा मयुरी चालक महिलाहरुलाई कार्यक्रममा दोसल्ला र प्रमाणपत्रसहित दर खुवाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?