अमेरिकी दूतावासले भन्यो : एमसीसीबारे तथ्यमा आधारित बहसलाई स्वागत गर्छौं


एमसीसीबारे गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति र अमेरिकी दूतावासको ट्वीट ।
२१ भदौ, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तथ्यमा रहेर हुने बहसको पक्षमा रहेको बताएको छ ।
सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नकारात्मक टिप्पणी नगर्न सचेत गराइरहेका बेला अमेरिकी दूतावासले भने आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको र एमसीसीबारे पनि तथ्यमा आधारित भएर हुने बहसलाई स्वागत गर्ने बताएको छ ।
दूताबासले सोमबार साँझ ट्वीट गर्दै भनेको छ, ‘लोकतन्त्रमा आफ्नो विचार शान्तिपूर्ण ढंगले व्यक्त गर्ने अधिकार हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4