+
+

न्यायाधीशको कार क्यान्टिनभित्र छिर्दा महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते २१:४७

२२ भदौ, विराटनगर । मोरङ अदालतका न्यायाधीशले प्रयोग गर्ने कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको हो । दाहाल अदालत परिसरभित्र क्यान्टन चलाउँथिन् । कारले क्यान्टिन भित्र काम गरिरहेको अवस्थामा उनलाई ठक्कर दिएको थियो ।

ठक्कर दिँदा गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा साँझ ५ः१५ बजेतिर कोशी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

उनको स्थायी ठेगाना धनकुटाको महालक्ष्मी नगरपालिका–१ हो । अदालत परिसरमै क्यान्टिन सञ्चालन सञ्चालन गर्ने उनलाई पार्किङ गरेर राखेको ठाउँबाट निकाल्ने क्रममा अनियन्त्रित भएको कारले क्यान्टिनको घेराबारा तोड्दै क्यान्टिनभित्र छिरेको थियो । अनियन्त्रित बनेर भित्र छिरेको कारले क्यान्टिनमा काम गरिरहेकी दाहाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

न्यायाधीश पराजुलीका अंगरक्षक नेपाल प्रहरीका हवल्दार विन्दकुमार सिंहले पार्किङ गरेर राखेको कार निकाल्न खोज्दा दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरी हवल्दारले कार चलाएर दुर्घटना गराएका बेला चालक श्रवण चौधरी पनि सँगै गाडीभित्र नै रहेको प्रहरीले बताएको छ ।

दुर्घटनापछि कार, हवल्दार सिंह र न्यायाधीशका स्थायी चालक चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?