+
+

एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत

जनक विष्ट जनक विष्ट
२०७८ भदौ २३ गते १३:२५

२३ भदौ, धनगढी । सुुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को समर्थनले नै बहुमत पुगेको छ ।

प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद पुगेका छन्, जुन प्रदेश सरकारको बहुमत हो ।

गत २५ जेठमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा एमालेको माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए भने नेपाली कांग्रेस तटस्थ बसेको थियो ।

केन्द्र र कतिपय प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलको गठबन्धन रहे पनि सुदूरपश्चिममा भने के हुन्छ टुंगो लागेको छैन ।

५२ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको १३, नेपाली कांग्रेसको १२, नेकपा एमालेको ११, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको १/१ जना सांसद छन् ।

योसँगै सत्तारुढ गठबन्धनमा ४० सांसद पुगेका छन् । सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत पुगे पनि सरकारको संरचना हेरफेर हुने वा नहुनेबारे छलफल भएको छैन ।

सरकारमा सहभागी भएका तर दल विभाजन हुँदा नेकपा एमाले नछोडेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिइसकेका छन् । अब मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेससहितको सरकार बन्ने वा माओवादी र एकीकृत समाजवादीको मात्र कायम रहने भन्ने टुंगिएको छैन ।

तर प्रदेशका एकीकृत समाजवादी र माओवादी केन्द्रका सांसदहरु भने सरकारमा अरु दल सहभागी नहुने बताउँछन् । आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी नेतृ पूणर्ा जोशीले एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुुक्त सरकारले निरन्तरता पाउने बताइन् ।

‘नेकपा एमाले आधिकारिक रुपमा प्रदेश सरकारबाट फिर्ता आएको घोषणा गर्छ होला,’ जोशीले अनलाइनखबरसँग भनिन्, ‘नेकपा माओवादी केन्द्र र नेकपा -एकीकृत समाजवादी) पार्टीको संयुुक्त सरकार बन्छ । दुुई पार्टीको बहुुमत भइसकेपछि कांग्रेस सरकारमा जानुुपरेन र र जादैन पनि ।’ तर काँग्रेससँगको गठबन्धन भने यथावत रहने उनी बताउँछिन् ।

नेकपा माओवादी केन्द्रका सचेतक अक्कल रावल एकीकृत समाजवादी पार्टीको समर्थनमा प्रदेश सरकारको नेतृत्व मुुख्यमन्त्री त्रिलोचन भट्टले नै गर्ने बताउँछन् । ‘इच्छा प्रकट गरेको खण्डमा कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनुुपर्ने हुन्छ, तर सरकारको नेतृत्व माओवादीले नै गर्छ,’ रावलले अनलाइनखबरसँग भने ।

सरकारको नेतृत्व फेरबदल हुने अवस्थामा एकीकृत समाजवादीको सम्भावना रहेको रावल बताउँछन् ।

मुुख्यमन्त्रीको आकांक्षी रहेका कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल गठबन्धनको केन्द्रीय नेतृत्वले गर्ने निर्णयका आधारमा अघि बढ्ने बताए । ‘सातवटै प्रदेशमा गठनबन्धनको केन्द्रीय नेतृत्वले जे निर्णय गर्छ त्यही अनुुसार अगाडि बढ्ने हो’ उनले भने ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?