+
+

विश्वकप छनोट : जर्मनीको शानदार जित, इंग्ल्याण्ड बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते ९:४४

काठमाडौं । विश्वकप छनोटमा जर्मनीले आइसल्याण्डमाथि शानदार जित हात पारेको छ । बुधबार राति  भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० ले पराजित गरेको छ ।

जर्मनीका लागि सर्जी जीनाब्री, एन्टोनियो रुडिगर, लरेय साने र टिमो वेर्नरले गोल गरे ।

जितपछि जर्मनी ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमै छ । आइसल्याण्ड ६ खेलबाट ४ अंकसहित पाँचौ स्थानमा छ ।

उता इंग्ल्याण्डले भने छनोटमा पहिलो बराबरी खेलेको छ । इन्जुरी टाइममा गोल बेहोरेपछि इंग्ल्याण्डले पोल्याण्डसंग १-१ को बराबरी खेलेको हो ।

समूह आई अन्तर्गत वार्सामा भएको खेलमा ह्यारी केनले ७२औं मिनेटमा गोल गर्द इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । तर डामिएन साएमान्स्कीले इन्जुरी टाइमको दोस्रो मिनेटमा पोल्याण्डको लागि बराबरी गोल फर्काए ।

बराबरीपछि पनि ६ खेलबाट १६ अकसहित इंग्ल्याण्ड समूह आईको शीर्ष स्थानमै छ । पोल्याण्ड समान खेलबाट ११ अंकसहित तेस्रो स्थानमा छ । सानमारिनोलाई ५-० ले पराजित गरेको अल्वानिया १२ अंकसहित दोस्रोमा छ ।

यस्तै समूह ई मा बेल्जियमले बेलारुसलाई १-० ले पराजित गर्द अपराजित यात्रा कायम राखेको छ । बेल्जियमको लागि डानिस परेटले एक मात्र गोल गरे । ६ खेलबाट १६ अंकसहित बेल्जियम शीर्ष स्थानमा छ । बेल्जियमले दोस्रो स्थानको चेक रिपब्लिकमाथि ९ अंकको अग्रता बनाएको छ ।

समूह बी मा स्पेनले कोसोभोलाई २-० ले पराजित गरेको छ । स्पेनको लागि पाब्लो फोर्नाल्स र फेरान टोरेसले गोल गरे । स्पेन ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ ।

स्वीडेन भने ग्रीससँग १-० ले पराजित भयो । स्वीडेन ४ खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट ६ अंक जोडेको ग्रीस तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?