+
+

हुन्डाईको चाडपर्व लक्षित ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १३:५४

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्रमार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हुन्डाई आई२० गाडी, रु. ३ लाखसम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्डमार्फत रु. १ लाखसम्मको थप नगद छुट र निःशुल्क १ वर्ष सम्मको बिमा र सडक कर (चालु आव) समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस चाडपर्वको मौकामा पनि ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजनामार्फत ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?