
२४ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीहरुले स्वास्थ्य आपतकाल सुरक्षा प्रणाली सुदृढ बनाउनु पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । दक्षिण–पूर्वी एसियाका सदस्य राष्ट्रका प्रतिनिधिसँगको कोरोना महामारी र स्वास्थ्य आपतकालबारे छलफलको क्रममा अधिकारीहरुले यस्तो धारणा राखेका हुन् ।
‘कोरोना महामारीको कारण हामीले अहिलेसम्मकै ठूलो चुनौतीको सामना गर्नुपरेको छ । विश्वका कुनै पनि मुलुक यस किसिमको चुनौती सामना गर्न तयार थिएनन् । अहिलेको महामारीको पाठ हाम्रो स्वास्थ्य सुरक्षा प्रणाली सुदृढ पार्ने काममा लगाउनु निकै महत्वपूर्ण हुन्छ’, डब्ल्यूएचओकी दक्षिण–पूर्वी एसियाकी निर्देशक पूनम खेत्रपाल सिंहले बताइन् । अहिले डब्ल्यूएचओको क्षेत्रीय कमिटीको ७४ औं बैठक अन्तर्गत दक्षिण–पूर्वी एसियाको बैठक चलिरहेको छ ।
निर्देशक खेत्रपालले अहिले विश्वका मुलुकले अहिले भएको क्षमता पूर्णरुपमा प्रयोग गरिरहेको र महामारीबाट मानिसहरुलाई बचाउने प्रयास गरिरहेको बताइन् । यद्यपि हाम्रो स्वास्थ्य सुरक्षा प्रणाली र व्यवस्थापनबीचको अन्तर भने पूरा गर्न जरुरी रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4