+
+

महिला फुटबल टिमबाट प्रिती र सबिताले डेब्यू गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १६:५०

२४ भदौ, काठमाडौं । बंगलादेश विरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिमका दुई खेलाडीले डेब्यु गर्दैछन् । मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले पहिलो पटक राष्ट्रिय टिमबाट खेल्दैछन् ।

दशरथ रंगशालामा हुने खेलमा नेपाली टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारीको स्थानमा सविता रानाले डेब्यू गर्न लागेकी हुन् । सविता चोटका कारण टिममा परेकी छैनन् ।

घरेलु फुटबलमा पछिल्लो समय एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रितीले उमेर समूहमा नेपालको कप्तानी गरिसकेकी छन् ।

बंगलादेशविरुद्ध खेल्ने नेपाली खेलाडीमा कप्तान रेनुका नगरकोटी, सरु लिम्बु, विमला चौधरी, मन्जली कुमारी योन्जन रहेका छन् ।

यस्तै गोलकिपर एन्जिला तुम्बापो सुब्बा, डिफेन्समा गीता राना, हिरा कुमारी भुजेल, अमृता जैसी र पुजा राना छन् । नेपाली महिला टिमका पहिलो विदेशी प्रशिक्षक ग्यारी फिलिप्सले अनिता बस्नेत र अनिता केसीलाई भने पहिलो रोजाइमा राखेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?