+
+

सुर्खेतमा किशोरी बलात्कृत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १९:३६
फाइल तस्वीर

२४ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार विहान एक किशोरी बलात्कृत भएकी छन् ।

साथीसँग मर्निङवाकमा रहेकी १६ वर्षकी किशोरी बलात्कृत भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

प्रहरी निरीक्षक शाहीका अनुसार वीरेन्द्रनगरको पश्चिमतर्फ कालोपत्रे सडकमा हिँडिरहेका दुई किशोरीलाई लक्षित गर्दै अगाडि रहेका एक युवकले ढुंगा प्रहार गरेका थिए । ‘ती युवकको आक्रमणबाट बच्न दुई उनीहरु दुईतिर भागेछन्,  एउटी भागेर घर पुगिन्, अर्की भने बलात्कृत भएको जानकारी आएको छ’ उनले भने ।

घर पुगेकी साथीले परिवारलाई खबर गरेपछि अभिभावकहरु किशोरीलाई खोज्दै पुगेका थिए । ‘अभिभावक र प्रहरी त्यहाँ पुग्दा अभियुक्त भागिसकेको थियो’ प्रहरी निरीक्षक शाहीले भने । अभियुक्तको पहिचान खुलिसकेको र खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?