+
+

विवादका बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १०:५४

२५ भदौ काठमाडौं । क्रियाशील सदस्यताको विषयमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार वडा अधिवेशन हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाका सात पालिकाका ५२ वडामा अधिवेशन हुन लागेको हो ।

महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलो भएको हो ।

डडेल्धुरामा क्रियाशील सदस्यता विवादका कारण जिल्ला सभापति कर्णबहादुर मल्लले अधिवेशन स्थगनको सूचना जारी गरेका थिए । तर निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै २५ भदौमै अधिवेशन हुने जनाएका थिए ।

कांग्रेस जिल्ला कार्यसमितिले करिव ५ हजार आठ सयको क्रियाशील सदस्यता सूची पठाएकोमा केन्द्रले पाँच सय जनाको नाम हटाएको र तीन सयको नाम थप गरेको आरोप जिल्ला सभापति मल्लको छ । तर अर्काे पक्षले भने समायोजनबाट आएका क्रियाशील सदस्यता सूची जिल्लाले इन्ट्री नगरेका कारण केन्द्रबाट थपिएको र जिल्लाले एकपक्षीय रुपमा क्रियाशील सदस्यता पठाएको दावी गरेको छ ।

स्थगित गर्न देउवालाई पौडेल र निधिको आग्रह

डडेल्धुरा जिल्लाको वडा अधिवेशन स्थगन गर्न माग गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले बिहीबार सभापति देउवासँग माग गरेका थिए । कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि देउवालाई पत्र लेख्दै वडा अधिवेशन स्थगन गर्न माग गरेका थिए ।

कांग्रेसको करिव २० जिल्लाको क्रियाशील सदस्यता टुंगो नलाग्दा स्थानीय तहको अधिवेशन कार्यतालिका प्रभावित हुने आशका बढेको छ । प्रदेश दुईका आठ वटै जिल्ला, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, कपिलबस्तु, बाँके, बर्दिया, मोरङ, कैलालीलगायत जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छैन ।

क्रियाशील सदस्यताकै विवादका कारण कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले पदबाट राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?