+
+

कर्णालीका ७१८ मध्ये ५५३ वडामा सकियो कांग्रेस वडा अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १३:१२

२५ भदौ, सुर्खेत । कर्णाली प्रदेशका ५५३ वटा वडामा नेपाली कांग्रेसको १४औं महाधिवेशनको वडा तहको निर्वाचन सम्पन्न भएको छ । प्रदेशका कुल ७१८ वडामध्ये हालसम्म ५५३ वडामा वडाधिवेशन सम्पन्न भएको र १६५ वडा अझै अधिवेशन हुन बाँकी नै रहेको काँग्रेसले जनाएको छ ।

भदौ १८ देखि २३ गतेभित्र सबै वडाधिवेशन सम्पन्न गरी सक्नुपर्ने कार्यतालिका अनुसार कर्णालीका दस जिल्लामध्ये सुर्खेत र डोल्पामा क्रियाशील सदस्यता विवादका कारण वडाधिवेशन अन्योलमा छ ।

हालसम्म सल्यानका ८३ वडामध्ये ८२, कालीकोटका ८६, दैलेखका ८६, जाजरकोटका ७७, रुकुमपश्चिम ७३, जुम्लाका ६०, मुगुका ४५ र हुम्लाका ४४ वटा वडाको वडाधिवेशन सम्पन्न भएको सम्वन्धीत जिल्लाका जिल्ला सभापतिहरुले जनाएको छन् ।

सल्यानको बनगाड कुपिन्डे–११, मा वडाधिवेशन हुन नसकेको कांग्रेस सल्यानका सभापति गणेश चन्द्रले जानकारी दिए । उक्त वडामा तोकिएकै समयमा अधिवेशन हुँन नसक्दा शुक्रबार (आज) वडाधिवेशन गरिदै छ । त्यस्तै जुम्लाको तातोपानी गाउँपालिका-८, पनि निर्वाचन गर्नुपर्ने स्थिती आएको कांग्रेस जिल्ला सभापति दीपबहादुर शाहीले बताए ।

त्यस्तै कालीकोटका केही वडामा पनि निर्वाचन गर्नुपरेको छ । ‘८/१० वटा वडामा निर्वाचन भएको छ’, कांग्रेस कालीकोटका सभापति हर्षबहादुर बमले भने । प्रदेशका दैलेख, जाजरकोट, रुकुमपश्चिम, हुम्ला र मुगुका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको जिल्ला सभापतिहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?