+
+

एमालेको माग कसैले पनि हल गर्न सक्दैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १९:२८
फाइल तस्वीर

२५ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेको माग कसैले हल गर्न नसक्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘सभामुख नै मान्दिन, सांसद नै मान्दिन, यो संसदभित्र आएको सदस्यलाई म चिन्दै चिन्दिन, त्यसको आधारमा संसद चल्न दिन्न भनेपछि यहाँ कसैले पनि संवाद गरेर एमालेको मागको हल गर्न सक्दैन ।’

संसदमा प्रस्तुत कुनै विधेयकको विषयलाई लिएर, सरकारको कुनै एउटा निश्चित निर्णयका विषयलाई लिएर संसद अवरुद्ध गरेको भए निकास निकाल्न सकिने तर, त्यस्तो नभएका कारण अहिले समस्या भएको बताए ।

‘जुन दिनसम्म एमालेले सभामुखलाई मान्दिन । यो संसद, संविधान, ऐन, नियम, कानूनले चिनेको सांसदलाई मान्दिन भन्छ, त्यो दिनसम्म संसद यसरी (बहुमतका आधारमा शुक्रबार जस्तै गरी) चल्नेभन्दा अर्को बाटो देख्दिनँ,’ उनले भनेका छन् ।

नेकपा एमालेले प्रतिपक्षले प्राप्त गर्ने अधिकारको चरम दुरुपयोग गरेको पनि उनको टिप्पणी छ ।

‘हाम्रो संसदीय अभ्यासको क्रममा आज अस्तिको बैठकमा जे भयो, यो सुखद कुरा होइन,’ उनले भने, ‘तर यसको कारण नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने, आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्‍यो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?