+
+

एमाले छाडेका प्रदेश सांसदलाई एकीकृत समाजवादीको मान्यता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १९:४२
फाइल तस्वीर

२५ भदौ, काठमाडौं । नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)तर्फ सनाखत गरेका प्रदेश सांसदहरुलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

२२ भदौसम्म दल रोज्ने समय आयोगले दिएको थियो । प्रदेश १ मा १० सांसदले एकीकृत समाजवादी रोजेका थिए । उनीहरुमध्ये पाँच जना प्रत्यक्ष निर्वाचित र पाँच जना समानुपातिक सांसद हुन् ।

प्रदेश २ मा १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादीतिर लाग्ने मध्ये ९ जना प्रत्यक्ष निर्वाचित हुन् ।

यसैगरी बागमती प्रदेशमा पनि ९ प्रत्यक्ष निर्वाचित र ४ समानुपातिक सांसदले एकीकृत समाजवादी पार्टीको मान्यता पाएका छन् । लुम्बिनीमा एक समानुपातिक सांसदले नयाँ दलको मान्यता पाएका छन् ।

कर्णालीमा एक समानुपातिक र दुई प्रत्यक्ष निर्वाचित सांसदले एकीकृत समाजवादीको मान्यता पाए । सुदूरपश्चिम प्रदेशका १४ सांसदले एकीकृत समाजवादीको मान्यता पाएका छन् । उनीहरुमध्ये सात समानुपातिक र सात प्रत्यक्ष निर्वाचित हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?