+
+

नेकपा एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते १८:४३

२६ भदौ, बुटवल । नेकपा एकीकृत समाजवादी पाल्पाको जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे (कमल) चयन भएका छन् । नेकपा एकीकृत समाजवादीले शनिबार गरेको जिल्ला भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

जिल्ला कमिटी उपाध्यक्षमा प्रदेश सभा सदस्य रमा घर्ती, सचिवमा मोहनलाल गैरे,उपसचिवमा कमल सेन चयन भएका छन् । जिल्ला कमिटीको पहिलो बैठकले ७५ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गरेर १ सय २५ सदस्यीय बनाउने निर्णय समेत गरेको पार्टी सचिव गैरेले बताए ।

बैठकले लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यी सल्लाहाकार समिति समेत गठन गरेको छ । जसमा पदमप्रसाद अर्याल, चन्द्रकान्त पोखरेल, बसन्त श्रेष्ठ, विष्णुप्रसाद खनाल, कर्णबहादुर सुनार र पिताम्बर कँडेल छन् ।

जिल्ला भेलामा संघीय सांसद सोमप्रसाद पाण्डे, केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे लगायत नेता सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?