+
+

रोनाल्डोले दोस्रो डेब्युमा २ गोल गरेपछि युनाइटेडको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते ६:२९

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले १२ वर्षपछि प्रिमियर लिगमा फर्कँदै दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले शनिबार न्युकासल युनाइटेडमाथि ४-१ को शानदार जित हात पारेको छ ।

दोस्रो पटक युनाइटेडका लागि डेब्यु गर्दा रोनाल्डोले घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोल गरे ।

रोनाल्डोले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५६औं मिनेटमा ज्याभिएर मानक्युइलोले न्युकासलका लागि बराबरी गोल फर्काए ।

तर रोनाल्डोले ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले २-१ को अग्रता बनायो । त्यसपछि ब्रुनो फर्नान्डेजले ८०औं मिनेटमा शानदार गोल गरे भने जेस लिनगार्डले इन्जुरी टाइममा गोल थपे ।

तेस्रो जितपछि चार खेलबा६ १० अंक जोड्दै युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ।

यस्तै म्यानचेष्टर सिटीले पनि लेस्टर सिटीलाई १-० ले पराजित गर्दै तेस्रो जित हात पारेको छ । सिटीका लागि बर्नानर्डो शिल्भाले दोस्रो हाफमा गोल गरे । ४ खेलबाट ९ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लेको छ ।

यस्तै ब्राइटनले पनि ब्रेन्टफोर्डलाई १-० ले नै हराएर तेस्रो जित हात पारेको छ । उसका लागि लिएन्ड्रो ट्रोसार्डले ९०औं मिनेटमा गोल गरे । ४ खेलबाट ९ अंक जोडेको ब्राइटन तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?