+
+

क्वालिफायर एम्मा राडुकनुले जितिन् युएस ओपन उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते ८:१७

काठमाडौं । बेलायती क्वालिफायर एम्मा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । १८ वर्षीय टिनएजर राडुकानुले वर्षको अन्तिम ग्राण्ड्सलाम जित्दै ४४ वर्षपछि बेलायतलाई महिलातर्फ पहिलो ग्राण्ड्सलाम उपाधि दिलाइन् ।

न्युयोर्कको फ्लसिङ मिडोजमा भएको फाइनलमा राडुकानुले क्यानडाकी लेलाह फर्नान्डेजलाई ६-४, ६-३ ले पराजित गरिन् ।

पछिल्लो पटक बेलायतकी भर्जिनिया वेडले १९७७ मा विम्बलडन ओपनको उपाधि जितेकी थिइन् ।

राडुकानुको जितमा भर्जिनिया वेडले समेत चियर गरेकी थिइन् ।

राडुकानु ओपन एरामा ग्राण्ड्सलाम जित्ने पहिलो क्वालिफायर खेलाडी बनेकी छिन् । यस्तै सन् २००४ मारिया सारापोभापछि उनी ग्राण्ड्सलाम जित्ने युवा खेलाडीसमेत बनिन् । यसैगरी सन् २०१४ मा सेरेना विलियम्स पछि कुनै सेट नहारी युएस ओपन जित्ने पनि पहिलो खेलाडी बनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?