+
+

बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्छ : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १२:५३

२७ भदौ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्ने बताएका छन् ।

आइतबार नेकपा एमाले संसदीय दलको बैठकमा पौडेलले आफूले ल्याएको बजेटका महत्वपूर्ण आयोजना कटौती गरिएको भन्दै आपत्ति जनाए । बजेट प्रतिस्थापन विधेयक ल्याई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ सय वटा सडक आयोजनाको बजेट कटौती गरेका थिए । नेता पौडेलले बजेट कटौती गरिएका अधिकांश सडक तराई मधेसका रहेको बताए ।

सरकार अघिल्लो सरकारले ल्याएको बजेट स्वीकार गर्न नसक्ने र अस्वीकार पनि गर्न नसक्ने दुविधाग्रस्त मनस्थितिमा देखिएको पौडेलको भनाइ छ । ‘सरकारले वित्तीय अनुशासन पनि उल्लंघन भएको छ, कुनै सिस्टम फलो नगरी काम गरिको छ, सम्बन्धित विभाग वा मन्त्रालयबाट माग पनि नभएको आयोजनामा बजेट हालिएको छ’ उनले भने ।

पूर्वअर्थमन्त्री पौडेलले सरकारले बजेटको आधार सामान्य घटाएर अघिल्लो सरकारले ठूलो आकारको बजेट ल्याएको देखाउन खोजेको पनि आरोप लगाए । ‘साधारण खर्चमा १० प्रतिशत कटौतीको स्वागत गर्न सकिन्छ, तर मनसाय दूषित छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?