+
+

महालक्ष्मी लाइफले बीमा जागरण अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १४:०१

२७ भदौ, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण अभियान चलाउने भएको छ । कम्पनीको सञ्चालक समितिले युवाहरुलाई बीमामा जोड्न भन्दै २ वर्षे अभियान सुरु गर्ने निर्णय गरेको हो ।

यसका लागि महालक्ष्मी लाइफले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘युवा संग महालक्ष्मी लाईफ’ कार्यक्रम सञ्चालन गर्नेछ ।

आगामी असोज महिनाबाट देश व्यापी बीमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार दुई वर्षे यस अभियानमा आ.व. २०७८÷७९ भित्र २५ वटा जिल्ला र आ.व. २०७९÷८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिनेछ ।

यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिने उनले बताए ।

काम गरि आय आर्जन गर – बीमा गरी सुरक्षित बन“ भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने छन् ।

प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देश भरिका कम्पनीका बरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम संचालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिने कम्पनीले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, संचालन र अनुगमन गर्नेछन । यही आश्विन पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?