+
+

न्युजिल्याण्डमा एक साता थपियो लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १२:२३

२८ भदौ, काठमाडौं । न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन एक साता लम्ब्याइएको छ ।

सोमबार न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरसको डेल्टा भेरियन्टसहितको संक्रमणको जोखिम कायम रहेकाले लकडाउन थप गर्ने निर्णय गर्नुपरेको बताएकी छिन् ।

प्रधानमन्त्री अर्डनका अनुसार २१ सेप्टेम्बरपछि भने यो लकडाउन केही खुकुलो बनाइने छ । १७ लाख मानिसको बसोबास रहेको अकल्याण्डमा सोमबार कोरोनाका ३३ नयाँ संक्रमित फेला परेका छन् । न्युजिल्याण्डको अन्य स्थानमा भने कोरोनाको नयाँ संक्रमण देखिएको छैन ।

न्युजिल्याण्ड विभिन्न मापदण्डहरु अपनाउँदै कोरोना संक्रमण नियन्त्रणका लागि सफल बनेको मुलुक हो । छिमेकी मुलुक अष्ट्रेलियामा कोरोना संक्रमण फैलिनुभन्दा पहिला धेरै महिनासम्म न्युजिल्याण्डमा कोरोनाका कुनै पनि संक्रमित फेला परेका थिएनन् ।

न्युजिल्याण्डले २०२० को मार्च महिनादेखि बन्द गरेको आफ्नो अन्तर्राष्ट्रिय सीमा अझै पनि खोलेको छैन । कोरोना महामारी सुरु भएयता अहिलेसम्म न्युजिल्याण्डमा कोरोनाका ३५ सयभन्दा धेरै संक्रमित फेला परेका छन् भने संक्रमणको कारण २७ जनाको मृत्यु भएको छ । अहिलेसम्म न्युजिल्याण्डमा करिब ३४ प्रतिशत मानिसले पूरा डोज कोरोना खोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?