+
+

महिलाहरु किन छाड्छन् जागिर ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १४:४२

जति प्रश्न मान्छेले जागिर खाँदा उठाउने गर्छन् त्यस्तै प्रश्न महिलालाई जागिर खान खाड्दा पनि सोध्ने गरिन्छ । जसरी पनि महिलाहरुले तीखो प्रश्नको सामना गर्नुपर्ने हुन्छ ।

कुनैपनि महिलाले जागिर छाड्दा धेरै सोधिने प्रश्नहरु हुन्, ‘तपाईंले किन जागिर छाड्नुभयो’, ‘घर परिवारको सपोर्ट थिएन ?’ जस्ता प्रश्नहरुको वर्षा हुन्छ । धेरैले अनेक अड्कलबाजी गर्न पनि भ्याउँछन् ।

कुनैपनि महिलाको जागिर खाने र नखाने व्यक्तिगत कुरा हो । तर पुरुषको तुलनामा महिलाहरुलाई जागिर छाड्दा धेरै स्पष्टीकरणको खोजी गरिन्छ ।

यतिहुँदाहुँदै पनि महिलाहरुले जागिर छाड्नुको पछि विभिन्न कारणहरु हुन्छन् । ती कारण निम्नानुसार छन् ।

बच्चाको राम्रो हेरचाहका लागि

महिलाहरुले जागिर छोड्नुको सबैभन्दा ठूलो कारण बच्चा हुर्काउनु हो । यदि पति र पत्नीमध्ये एकको काम राम्रोसंग चलिरहेको छ भने त्यतिबेला महिलालाई काम छोड्न दबाब दिइन्छ । बच्चालाई हुर्काउनको लागि बुबाको भन्दा आमाको बढी आवश्यकता पर्ने भएकाले पनि बुबालेभन्दा आमाले नै जागिर छाड्ने गर्छन् ।  वास्तवमा यदि दुवै पति र पत्नी काम गरिरहेछन् भने बच्चालाई उपेक्षा गर्ने सम्भावना बढ्छ । बच्चाहरु जो एकल परिवारको घरमा एक्लै छोडिएका छन्, उनीहरु कहिलेकाहीँ गलत संगतमा पनि लाग्न सक्छन् । यति मात्र होइन, उनीहरु डिप्रेसनमा जाने सम्भावना समेत उस्तै हुन्छ । एकातिर बच्चाको भविष्यको लागि पैसा कमाउने गर्छन् भने अर्काेतिर बच्चाहरु आफ्नै संगतमा बिग्रिरहेका हुन सक्छन् । त्यसैले बच्चाको राम्रो हेरचाहको लागि आमाहरुले नै बढी जागिर छाडिरहेका हुन्छन् ।

मानसिक शान्ति

आजको व्यस्त दिनचर्यामा, कोही कोही आफ्नो लागि कुनै समय बाँकी छैन । फलस्वरूप सम्बन्ध टाढा हुने गर्छ । साना खुशीहरु हाम्रो व्यस्ततासँगै हराउन पुग्छ । यस्तो स्थितिमा जागिर छोडेर महिलाहरु आफ्नो शारीरिक–मानसिक खुशी र जीवनमा पैसाभन्दा धेरै शान्ति दिन चाहन्छन् ।

विकल्पको उपलब्धता

आजको युगमा सूचना प्रविधिको विस्तार पैसा कमाउनका लागि धेरै विकल्पहरु प्रदान गरिएको छ । शिक्षित महिलाहरुसँग अहिले पैसा कमाउने धेरै बाटोहरु छन् । उनीहरु घरबाटै पनि आम्दानीको स्रोत खोज्न सक्छन् ।

व्यक्तिगत निर्णय

काम गर्ने वा जागिर छोड्ने व्यक्तिको व्यक्तिगत मामला हो । शिक्षाको उद्देश्य काम गर्नु मात्र होइन । पैसाले सामान किन्न सक्छ, सुख र शान्ति होइन । त्यसैले यदि कोही मान्छे कुनै समय वा सदाको लागि जागिर छोड्न चाहन्छ । तब यो उसको इच्छा हो, अरूले यसबारे चिन्ता लिनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?