+
+

बागमतीमा एकीकृत समाजवादी संसदीय दलको उपनेतामा खनाल चयन, सिग्देल प्रमुख सचेतक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १५:४३

२८ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन भएका छन् । यसैगरी प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईं चयन भएका छन् ।

सोमबार हेटौंडामा बसेको एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले उनीहरुलाई चयन गरेको हो ।

यस्तै बागमतीमा गठबन्धन सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसँग समन्वय गर्नका लागि संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई जिम्मा दिने पनि बैठकले निर्णय गरेको छ ।

गठबन्धन सरकार निर्माण भएपछि प्रदेश सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि माधवप्रसाद पौडेल, वसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?