+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

अक्टोबरभित्र ७० हजार मेट्रिक टन रासायनिक मल आउने सरकारको दावी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १५:५३

२८ भदौ, काठमाडौं । सरकारले आउँदो अक्टोबर महिनाभित्र ७० हजार मेट्रिक टन रासायनिक मल आउने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले सेप्टेम्बर महिनाभित्रै १० हजार मेट्रिक टन युरिया मल आउने बताए ।

सचिव आचार्यले भारतसँग मल खरिदसम्बन्धी गरिएको सम्झौता अनुसार मल आयात भए मलको संकट कम हुने बताए ।

‘हामीलाई प्राप्त पछिल्लो जानकारीअनुसार युरिया १० हजार मेट्रिक टन २० सेप्टेम्बरमा आउँदैछ भने सेप्टेम्बरको अन्तिमसम्ममा डीएपी ५ हजार मेट्रिक टन उत्तरी नाकाबाट आउँदैछ, २० हजार मेट्रिक टन युरिया आउने क्रममा छ, त्यस्तै २५ हजार मेट्रिक टन १५ अक्टोबरमा आउनेछ, योसहित ७० हजार मेट्रिक टन मल अक्टोबरसम्म नेपालमा आउने अवस्थामा छ’ उनले भने ।

सचिव आचार्यले रासायनिक मलको मूल्य धेरै बढिरहेकोले सरकारले निकासा गरेको बजेटअनुसार आवश्यक मल खरिद गर्न नसकिने बताए । समितिको बैठकमा सांसदहरुले खरिद प्रक्रियामा सहजीकरण गर्नुपर्ने र सार्वजनिक खरीद ऐनले यसमा अफ्ठ्यारो पारिरहेको बताएका थिए ।

बैठकमा रासायनिक मलको तत्कालीन समस्या कसरी हल गर्ने र यसबारेमा नीति, योजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?