+
+

आकाशलाई एकल स्टारडमः फलामको चिउरा चपाए जस्तै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १३:४५

चलचित्र ‘म त तिम्रै हुँ’ नामक चलचित्रबाट डेब्यू गर्दा नायक आकाश श्रेष्ठले आजको सफलता सोचेका थिएनन् । झन्, डेब्यू चलचित्र नै सुपर फ्लप भएपछि उनलाई समस्या पर्यो । आकाशले चलचित्र ‘ब्ल्याक’मा नायिका आँचल शर्मासँग जोडी बाँधे । यो चलचित्रले पनि आकाशको स्टारडम बनाउन कुनै सहयोग गरेन ।

यसैविच, आकाश चलचित्र ‘रामकहानी’मा जोडिए । ‘प्रेमगीत र म यस्तो गीत गाउँछु’ जस्तो हिट चलचित्र एकसाथ दिएका निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मासँग जोडिएपछि आकाशको दिन फेरियो ।

यही विचमा आकाशको अर्को फ्लप चलचित्र ‘ड्रिम गर्ल’ पनि रिलिज भयो । चलचित्र ‘रामकहानी’ले बक्स अफिसमा औषत व्यापार गरेपनि पूजा र आकाशको जोडीलाई दर्शकले मन पराए । यसपछि सुरु भयो आकाश र पूजाको प्रेम चर्चा र मिडिया गसिप ।

पूजाको नाममा खोलिएका थुप्रै फ्यान क्लबहरु ‘पूजा–आकाश’को नाममा बदलिए । आकाशले पूजासँगै मिलेर चलचित्र ‘पोई पर्यो काले, सम्हालिन्छ कहिले मन, संझना विर्सना’मा काम गरे । चलचित्र ‘मन परेसी’को शुभसाइत पनि भयो ।
आकाश र पूजालाई महंगो रकम दिएर काम गर्न निर्माता तयार भएका थिए । ३ बर्ष भन्दा लामो समय पूजा शर्मासँग नाम जोडिदा आकाशको कामको भन्दा प्रेमकै चर्चा बढी भयो ।

चलचित्र विश्लेषकहरु आकाश पूजाविना चल्न नसक्ने टिप्पणी समेत गर्छन् । पहिलो चरणको लकडाउनपछि आकाशले पूजाविना एउटा चलचित्रमा काम गरेका छन्, ‘हिड्दा हिड्दै’ । यो चलचित्रको बक्स अफिस आकाशका लागि ठूलो चुनौती र अवसर हो ।

पूजाविना चल्न सक्दैन भनेर आलोचना गर्नेहरुका लागि यदि यो चलचित्र चल्यो भने आकाशको तर्फबाट गतिलो जवाफ हुनेछ । तर, आकाशका लागि एकल स्टारडम ‘फलामको चिउरा चपाए’ जस्तै देखिन्छ । नेपाली चलचित्र क्षेत्रमा पूजाविना आकाशका कुनै पनि चलचित्र सफल छैनन् । म्युजिक भिडियोमा पनि आकाश र पूजाले एकसाथ धेरै प्रोजेक्टमा सहकार्य गरेका छन् ।

पूजा र आकाशविच तिक्तता आएपछि उनीहरुका फ्यान पनि दुई भागमा विभाजित छन् । अर्कोतिर, आकाशले केही हजारको संख्यामा कट्टर फ्यान त कमाएका छन्, तर मल्टिप्लेक्ससम्म पुग्ने यूवापुस्तालाई आफ्नो अभिनयको दममा आकर्षित भने गर्न सकेका छैनन् । करिब ४ बर्षमा आकाशले आफूलाई निखार्न भन्दा पनि गसिपमै रमाउनमा व्यस्त बने । अब, उनका लागि सबैभन्दा ठूलो समस्या नै यही बन्ने देखिन्छ । यसैले पनि उनका लागि ‘हिड्दा हिड्दै’को बोझ निक्कै नै भारी छ । यो भारी सहजै विसाउन आकाश सफल होलान् त, प्रतिक्षा गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?