+
+

खर्च कसरी चल्छ ? देउवाको जवाफ : हिजो जसरी चल्याथ्यो, त्यसैगरी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १४:०३

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभए पनि खर्च गर्न समस्या नहुने प्रतिक्रिया दिएका छन् ।

अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र अर्थात भदौ ३० गतेसम्म संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न भने नपाउने भएको छ ।

तर संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ । बजेट पारित नभएपछि भदौ ३० पछिको सरकारी खर्च कसरी चल्छ भन्ने प्रश्न उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवालाई पत्रकारले यही प्रश्न सोधे । तर देउवाले जवाफ दिए, ‘हिजो जसरी चल्याथ्यो, त्यसैगरी ।’

अर्थमन्त्री जनार्दन शर्माले भने केही दिन खर्च गर्न कठिन भए पनि नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने प्रतिक्रिया दिएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सरकारले बजेट पारित गर्न नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?