+
+

दैलेखमा विद्यालय प्रांगणमै शिक्षकको हत्या

यज्ञ खत्री यज्ञ खत्री
२०७८ भदौ २९ गते २०:०८

२९ भदौ, सुर्खेत । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ ।

उनको शव मंगलबार विहान विद्यालय प्रांगणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए । ‘स्कुल प्रांगणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको छ,’ उनले भने ।

धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरेको छ । उनीहरु विद्यालयसँगै जोडिएको पसल सञ्चालक हुन् ।

शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?