+
+

फिल्म क्षेत्रलाई अगाडि बढाउन जोखिम मोल्न तयार छुः पूजा शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १२:२४

चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार, असोजको पहिलो साता देशभरका सबैजसो हलहरु खुलिसक्नेछन् । देशभरका प्रशासनसँग हल खुलाउने बिषयमा कुरा अगाडि बढेको र एक साता भित्र हल खुलिसक्ने बोर्ड श्रोतको भनाई छ । यसअर्थमा, अब नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि नयाँ चलचित्रको आवश्यकता देखिन्छ ।

तर, कोरोनाको जोखिम अझै नसकिएको, दर्शक हलसम्म आउँछन् या आउँदैनन् भन्ने अन्यौलता कायमै रहेको अवस्थामा कुन चलचित्र सुरुमा रिलिज हुन्छ पक्का भएको छैन । तर, पहिलो चरणको लकडाउन अगाडि प्रदर्शन मिति तय गरेर पनि रिलिज हुन नसकेका चलचित्रलाई प्राथमिकतामा राखेर चलाउने बिषयमा वितरक, प्रदर्शक र निर्माताविच कुराकानी जारी छ ।

यसैविच, नेपाली चलचित्रकी नायिका तथा निर्मात्री पूजा शर्माले चलचित्र क्षेत्रलाई अगाडि बढाउनका लागि आफू जोखिम मोल्न तयार रहेको बताएकी छिन् । पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’की निर्मात्री तथा नायिका हुन् । पूजाले अनलाइनखबरसँग भनिन्–‘चलचित्रलाई कसरी चलाउने भन्ने बिषयमा प्रदर्शक र वितरकसँग निरन्तर कुरा भैरहेको छ । तर, चलचित्र क्षेत्रलाई अगाडि बढाउनका लागि म जोखिम मोल्न तयार छु ।’

वुझिएअनुसार, प्रदर्शक र वितरकको पहिलो प्राथमिकतामा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रहेको छ । पूजा भन्छिन्–‘हामीले सुरुवात नगरे कसले गर्छ ? सबैले एक अर्काको मुख मात्रै ताकेर बस्ने हो भने चलचित्र क्षेत्र अगाडि बढ्न सक्दैन ।

यसैले, यस्तो अवस्थामा चलचित्र निर्माता, वितरक र प्रदर्शक सबैले एक अर्कालाई सहयोग गर्न आवश्यक छ । केही जोखिम प्रदर्शक र वितरकले हाम्रो चलचित्रका लागि उठाउन तयार हुन्छन् भने म पनि जोखिम मोल्न तयार छु ।’

नेपाली चलचित्र क्षेत्र अगाडि बढेको खण्डमा मात्र यसमा आवद्ध हुने सबै जनाको जीवन सहज हुने भन्दै पूजाले चलचित्र रिलिजको मिति चाडै तय गर्ने बताइन् । वुझिएअनुसार, चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई दशैंमा रिलिज गर्ने तयारी भैरहेको छ । यसका लागि, आज पनि वितरक, निर्माता र प्रदर्शकको वैठक छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा पूजा शर्मा, पल शाह, सरोज खनाल लगायतका कलाकारको अभिनय छ । यो चलचित्र कोरोनाका कारण सबैभन्दा बढी मारमा थियो । वि.सं २०७६ साल फागुण ३० गतेलाई प्रदर्शन मिति तय गरेर पनि यो चलचित्र रिलिज हुन सकेको थिएन । निर्माताले फागुण २३ गते चलचित्रको रिलिज अनिश्चितकालका लागि स्थगित भएको सूचना जारी गरेका थिए । चलचित्रको गीत, ट्रेलर सार्वजनिक भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?